नारा मारिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नारा मारिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री


दमक/फिनल्यान्डको प्रधानमन्त्रीमा ३४ वर्षिय साना मरिन निर्वा्चित भएकी छन् । मारिन प्रधानमन्त्रीमा निर्वाचित भए संगै उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी हुन् ।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यस अघि यातायात मन्त्री थिइन् ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्त्री बनेपछी मारिनले भनिन् ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ, त्यसमा म दृढ भएर लाग्नेछु ।’

रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् ।

फिनल्यान्डको औधोगिक क्षेत्रमा भइरहेका हड्ताका कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

सम्बन्धित खवर