भुपेन्द्रको निर्देशनमा निलमको ‘डाँडा पाखा छहराले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा निलमको ‘डाँडा पाखा छहराले’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/जुनीजुनी एल्वममा संग्रहीत बहुचर्चित गीत ‘डाँडा पाखा छहराले’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार निलम आङबुहाङ राईको शब्द भावहरुमा सजिएको भिडियो निलम क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका संजीवनीको आवाजमा सुरेश अधिकारीको संगीत रहेको भिडियोलाई पछिल्लो समय छाँयाङकन संगै निर्देशनमा व्यस्त रहेका निर्देशक भुपेन्द्र तुम्बाहाङफेले निर्देशन तथा छाँयाङकन गरेका हुन् ।

भिडियोमा परिस्थितीले टारिएर रहेको मायालुको खबर नआउदाको पिडा र गाँउले परिवेशको सामाजिक रहनसहनलाई उतारिएको दृश्य समेटीएको छ ।

प्रेङक स्टार एलिस राई, सुजता थुलुङ राई र अनुसा राईको ससक्त अभिनय रहेको भिडियोलाई निलम आङबुहाङले निर्माण गरेका हुन् ।

फणिन्द्र राईको संगीत संयोजन रहेको भिडियोमा विमला तामाङको श्रृङगार, अनिल रानाको सम्पादन र पहिरन ओम कलेक्सनले गरेका हुन् ।

(भिडियो पूरा हेर्नुहोस)

सम्बन्धित खवर