सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र विजयी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र विजयी


दमक/शनिबारदेखि सुरु भएको सहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।

४३ औँ संस्करणको उद्घाटन खेलमा मच्छिन्द्र फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो ।

शनिवार एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा खेल भएको हो । मच्छिन्द्रको जितमा योगेश गुरुङले खेलको २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै मनाङ मस्र्याङदीका पूर्व स्ट्राइकर दीपक राईले दोस्रो हाफको ५० औँ मिनेटमा अर्को गोल थपेका थिए ।

त्यसपछि कुनै पनि टिमले गोल गर्न नसकेपछि मच्छिन्द्रले खेल २–० ले आफ्नो पक्षमा पारेको हो ।

यससँगै मच्छिन्द्रले २ अंक जोडेको छ । यसअघिको संस्करणमा अन्तिमबाट दोस्रो स्थानमा रहेकाले मच्छिन्द्रको खातामा १ अङ्क घटाएर २ अंकमात्र जोडिने भएको हो ।

सम्बन्धित खवर