ठुलीको ‘निङवासुम–२’को एल्वमको भिडियो छाँयाङकन सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ठुलीको ‘निङवासुम–२’को एल्वमको भिडियो छाँयाङकन सम्पन्न

आन्छुमे नसान
माङसेबुङ/‘निङवासुम–२’ एल्वमको भिडियो छाँयाङकन सम्पन्न भएको छ । गीतकार रीता फोम्बो ठुलीको शब्द रचना रहेको गीतको म्युजिक भिडियोको छाँयाङकन सम्पन्न भएको हो ।

ठुलीद्वारा रचिएका चारवटा गीतहरु संग्रहीत एल्वममा दुई पालाम रहेका छन् । एल्वममा हाक्पारे र च्याव्रुङका गीत पनि समेटिएका छन् ।

ठुलीको अघिल्लो बर्ष सार्वजानिक भएको ‘निङ्वासुम’ एल्वमको सफलता पछि ‘निङवासुम–२’ को तयारी भएको हो ।

एल्वममा रीता फोम्बो, डिल्ली फुरुम्बो, नरेन्द्र योङहाङ, मनिष लिम्बू, माङ्गेना लिम्बू र केहेरसिंह लिम्बूको स्वर रहेको छ ।

लोकेन साम्बा लिम्बूको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा इन्द्र सुशिल चोङबाङ, बबिता नेयोङहाङ, पुष्पाञ्जली तिलिङ मादेन (चापेतीको आमा), वीरुहाङ सम्बाहाम्फे, गजेन्द्र सम्बाहाम्फेको अभिनय रहेको छ ।

सुर्य खापुङको प्रस्तुती रहेको एल्वममा मेघराज मगरातीले छाँयाङकन गरेका छन् । भेषभुषा बन्दना साँवा (छथरे ढाका कपडा उद्योग धरान), सेम्फङमा लिम्बू (सेम्फुङमाज क्रिएसन विशालचोक ललितपुर)को रहेको छ ।

सम्बन्धित खवर