अध्यक्षकप लिग फुटबल प्रतियोगिता चुलाचुलीमा बिहीबारदेखि सञ्चालन हुदै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अध्यक्षकप लिग फुटबल प्रतियोगिता चुलाचुलीमा बिहीबारदेखि सञ्चालन हुदै


माङसेबुङ/अध्यक्षकप लिग फुटबल प्रतियोगिता तथा वडास्तरीय महिला नकआउट फुटबल प्रतियोगिता इलामको चुलाचुली गाउँपालिकामा विहीबारदेखि सञ्चालन हुने भएको छ ।

मंगलबार पत्रकार भेटघाट आयोजना गरी “स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद” नारा सहित सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकोे आयोजकले जानकारी दिएको छ ।

पत्रकार भेटघाटमा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले चुलाचुलीको खेलकुद क्षेत्रलाई विकास गरेर लैजाने उद्देश्यका साथ प्रतियोगिता सुरुवात गर्न लागिएको बताए ।

खेल र खेलाडीहरुको स्तरबृद्धी गर्नेे उदेश्यका साथ स्थानीय चुलाचुली गाउँपालिका २ को पंञ्चकन्या आधारभूत विधालयको खेलमैदानमा पुस ३ देखि १५ गते सम्म संचालन हुने चुलाचुली खेलकुद समिति चुलाचुली इलामका अध्यक्ष रामप्रसाद राईले बताए ।

अन्तर चलाचुलीस्तरीय खेलमा ६ वटै वडाका ६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियागितामा पुरुषतर्फ बिजेताले ५० हजार नगद पुरस्कार, उपबिजेताले ३० हजार नगद पुरस्कार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र प्रप्त गर्नेछन् ।

यसरीनै महिलातर्फ बिजेताल २० हजार नगद पुरस्कार, उपबिजेताले १० हजार नगद पुरस्कार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

चुलाचुली गाउँपालिका इलामले प्रायोजन गर्ने फुटबल प्रतियोगिताको अवसरममा चुलाचुलीबाट खेलकुद क्षेत्रमा योगदान पु¥याउने ११ जना भूतपूर्व खेलाडीहरुलाई सम्मान गरिने अध्यक्ष राईले जानकारी दिए ।

सम्बन्धित खवर