माङसेबुङ मासिकको चौंथो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ मासिकको चौंथो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा


दमक/माङसेबुङ पब्लिकेसन्सद्धारा प्रकाशित माङसेबुङ मासिक पत्रिकाको चौंथो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा भएको छ । आस्था, अस्तित्व र समानताका आवाजलाई छापाको माध्यम मार्फत बुलन्द गर्न प्रकाशन प्रारम्भ गरिएको माङसेबुङ पत्रिकाको शुक्रबार चौथो वार्षिक उत्सव मनाउन लागिएको हो ।

इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यमा झापाको दमकमा वार्षिकोत्सव कार्यक्रम मनाउन लागिएको पत्रिकाका प्रमुख व्यवस्थापक विक्रम फागो वनेम (विनय कुमार) ले बताए ।

३ वर्ष पूरा गरेर चौंथो वर्षमा प्रवेश गरेको माङसेबुङ पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा को बन्छ माङसेबुङ भाग्यशाली उपहार (भाग्य चिठ्ठा लक्की ड्र) सार्वजनिक गरिने प्रमुख व्यवस्थापक विक्रम फागो वनेमले जनाएको छ ।

प्रमुख व्यवस्थापक विक्रम वनेमका अनुसार माङसेबुङ पत्रिकाको वार्षिक ग्राहकहरु सो उपहार (लक्की ड्र) मा सहभागि भई भाग्यमानी एक जनाले १ तोला सुनको टिल र १५ जनाले १ तोलाका दरले १५ तोला चाँदीको टिल प्राप्त गर्ने छन् ।

माङसेबुङ पब्लिकेसन्सले विगत ४ वर्षयता नियमित प्रकाशन गर्दै आइरहेको माङसेबुङ पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र निरन्तर लेख उपलब्ध गराउने स्तम्भकारहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने प्रमुख व्यवस्थापक वनेमले बताए ।

यस वर्षदेखि माङसेबुङ पब्लिकेसन्सले माङसेबुङ पत्रिकासँगै अनलाइन संस्करण www.mangsebungnews.com/Mangsebung News TV समेत सञ्चालनमा ल्याइसकेको पत्रिकाका प्रकाशक तथा प्रबन्धक निंवाहाङ थेबे (धनबहादुर) ले बताएको छ ।

समानता, धर्म निरपेक्षता, लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गर्दै, विभेद र अन्यायको विरुद्धमा निरन्तर खबरदारी गर्न माङसेबुङ म्यागजिनको प्रकाशन सुरुवात गरिएको माङसेबुङ पत्रिकाका कार्यकारी सम्पादक ज्ञानु केदेम लिम्बूले बताए ।

माङसेबुङले आवाज विहीनहरुको आवाज जनसरोकारवालाहरुको नजरमा पु¥याउने लक्ष्य र उद्देश्य सहित व्यवसायिक पत्रकारिताको अभ्यास गरिरहेको कार्यकारी सम्पादक केदेमको भनाई छ ।

माङसेबुङ मासिकको नमुना अंकलाई वि.स. २०७३ मंसिर १२ गते इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हस्तवाहुलीबाट विमोचन गरिएको थियो ।

२०७३ साल पुस ४ गते जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता नम्बर ३७ मा दर्ता गरी निरन्तर प्रकाशन हुँदै आएको छ ।

सम्बन्धित खवर