चुलाचुली अध्यक्ष कप लिग फुटबल प्रतियोगिता–२०७६ सुरु, उदघाटन खेलमा वडा नम्बर २ बिजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली अध्यक्ष कप लिग फुटबल प्रतियोगिता–२०७६ सुरु, उदघाटन खेलमा वडा नम्बर २ बिजयी

माङसेबुङ/इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली अध्यक्ष कप लिग फुटबल प्रतियोगिता–२०७६ सुरु भएको छ ।

विहीबार भएको उदघाटन खेलमा वडा नम्बर ४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ फूटबल टिम बिजयी भएको छ ।

पहिलो हाफसम्म गोल रहित बराबर खेलेको वडा नम्बर २ ले दोस्रो हाफको सुरुवातमै अग्रता बनाउन सफल बन्यो । विकास लिम्बूले ४९ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए ।

यसरीनै दोस्रो गोल वडा नम्बर २ ले आत्माघातीको उपहार पाएको थियो । ५३ औं मिनटमा वडा नम्बर ४ का सुनिल राईबाट आत्माघाती गोल भएको होे ।

अन्तत वडा नम्बर २ का विकास लिम्बूले ५७ औं मिनेटमा पूनः गोल गर्दै ३–० को जित निश्चित दिलाएका थिए । प्रतियोगिता अन्तरगत शुक्रबार वडा नम्बर १ र वडा नम्बर ३ बीच खेल हुनेछ ।

चुलाचुली गाउँपालिकाको प्रायोजन तथा चुलाचुली खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियागितामा पुरुषतर्फ बिजेताले ५० हजार नगद पुरस्कार, उपबिजेताले ३० हजार नगद पुरस्कार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र प्रप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले गरेका थिए । कार्यक्रम चुलाचुली खेलकुद समितिका अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा भएको होे ।

सम्बन्धित खवर