सुरुङ्गाको जानकी आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुरुङ्गाको जानकी आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

दमक/झापाको कनकाई नगरपालिका वडा न. २, सुरुङ्गा स्थित जानकी आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरीएको छ । बिद्यालयका दूई सय पाँच जना बिद्यार्थीहरुलाई स्वेटर, टोपी तथा शैक्षिक सामग्री बितरण गरीएको हो ।


शनिबार बिद्यालयको प्राङ्गणमा ‘न्यानेपनको आभाष एक प्रयास’ भन्ने श्लोगानका साथ फेसबुक ग्रुप एमआरआरले ८ औ बार्षिक उत्सवको अवसर पारेर बिद्यार्थीहरुलाई पठनपानमा सहज होस् भन्ने उद्धेश्यले ९० हजार बराबरको सामग्री बितरण गरीएको थियोे ।


बैदेशिक रोजगारमा रहेका र नेपालमै भएका एमआरआरका सदस्यहरुको सहयोगमा आयोजना गरीएको कार्यक्रममा जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

एमआरआरका सदस्य सुबोध बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला, दमकका प्रशासनिक प्रमुख कृष्ण आचार्य, कनकाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पर्शुराम गिरी, बिद्यालयका प्रध्यानाध्यापक अम्बिका सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर