योगेस लाओती ‘चुक्सा याप्मी’
थालनी
आफ्नो जाती धर्म, भाषा, लिपि संस्कार संस्कृतिको उत्थानमा लागिपरेका किरात धर्मदर्शन प्रचारप्रसार गर्ने क्रममा छत्र सावदेन लाई तत्कालीन माओवादी सशस्त्र समह द्वारा अपहरण गरि निर्ममता पुर्वक हत्या गरेको यहि २०७६ साल पुस ६ गते १८ औ बर्षमा प्रवेश गर्दैछ । यसरी भाषा, धर्म, लिपि साहित्यको लागि धेरैले ज्यान गुमाएका छन् । तिनै मध्ये भाषा, धर्मको लागि बलिदान दिने छत्र सावदेनको दिवंगत भएको बार्षिकीमा नालिफूङ्वाले स्मृती दिवस प्रत्येक बर्ष बिशेष कार्यक्रमको आयोजना गरि मनाउदै आइरहेको छ । किरात धर्मप्रति दिएको बलिदान अतुलनीय र अकुरणिय रहेकोे छ । तिनै छत्र सावदेनले पुर्याएको देन र योगदानको संक्षिप्तमा चर्चा गरिएको छ ।
जन्म
इलाम जिल्ला सन्दकपुर गाँउपालिका वडा न. ३, साबिक सुलुबुङ गा.बि.स वडा ८, निवासी बुवा डालिबाहादुर सावदेन आमा रेलिमाया लिङ्देन सावदेनको कोख बाट पाँच भाइमा काइला सन्तानको रूपमा बि. स. २०३२ साल फाल्गुन ५ गतेका दिन छ्त्र सावदेन जन्मिएका हुन । छ्त्र सावदेन सानो उमेर बाट नै फरक स्वभावका थिए । उनले बाल्यकाल गाँउमा बिताए ।
स्वभाव
छत्र सावदेन सानै उमेरदेखि साहसी थिए । सावदेन फरक स्वभाव भएकाले पनि गाँउ समाजमा उनको आफ्नै परिचय थियो । सावदेन निडर मात्रै नभएर उत्तिकै रूपमा चतुर पनि थिए । गाँउघरमा छरछिमेकी इष्टमित्र साथिभाइहरु संग पनि उत्तिकै मिलसार र मृदुभाषी थिए ।
औपचारिक शिक्षा
छत्र सावदेनले औपचारिक शिक्षा साबिक सुलुबुङ गा.बि.स वार्ड न. ४ अवस्थित गाउँमा रहेको सरस्वती माबिमा प्राथमिक तह सम्म अध्यन गरेका थिए । उनी कहिलै पनि स्कुलमा फेल भएनन् । श्री सरस्वती माबी मा पढेका सावदेन दौँतरी साथीहरू भन्दा पढाइमा अब्बल थिए ।
राजनीति क्षेत्रमा
छत्र सावदेन राजनीति क्षेत्रमा पनि क्रियाशिल थिए । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल गाँउ इकाई समिती सुलुबुङको पदाधिकारी समितिको जिम्मेवारी पोस्टमा रहेर उनले राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । गाउँघरमा युवादस्ताहरु लाई नेतृत्व गरेर हिड्ने सावदेनको निडर, साहसी र चतुर स्वभावले युवा संगठन तरुण दलको नेतृत्व पंक्तिमा रहेर पार्टी र जनस्तरको बिश्वास जितेका थिए । बि.स. २०५६ सालको संसदीय चुनावमा म्यादी पुलिसमा भर्ना भएर काम गरेका थिए ।
सफल ब्यापारी
छत्र सावदेन एक कुसल ब्यापारी पनि थिए । सानै उमेरदेखि घरमा खेतला मेलोपात गएर कमाएको पैसा जोहो गरेर राख्थे । उनी छोरा भए पनि पेवापात गर्थेे । पैसा चिनेका सावदेन अरु जस्तो लापरबाही थिएन सहि सदुपयोग गर्थे । इलाममा प्रायः घरघरमा धेरथोर भए पनि चियाखेती गर्छन् । त्यहि चियालाई उनले किनेर गाँउ नजिक रहेको माबुको सोमबारे बजार देउराली शुक्रबारे हटियाहरु लाने गथ्र्यो । कहिलेकाही खसी बाख्राको समेत ब्यापार गर्थे ।
उनी ब्यापारको सिलसिलामा इलामको मंगलबारे बजार सदरमुकामको आइतबारे बजार सम्म सुलुबुङ बाट ब्यापार गर्न जान्थे । प्रायःजसो सबै खालको ब्यापार खरिदबिक्री गर्ने गरेका थिए । अबिवाहित छत्र सावदेन ब्यापारको नाफा बाट घरखर्च चलाउथ्यो । त्यही बाट संघसंस्था लाइ सरसहयोग समेत पुर्याउथ्यो । जस्तोसुकै पेशा गर्न पनि पछि नहट्ने छत्र सावदेन केराउ, अकबरे खोर्सानी, सागसब्जी इत्यादि बोकेर जौबारी सम्म लगेर पनि ब्यापार गर्थे । अबिवाहित युवा घरबाट छुट्टिएर ब्यापार ब्यवसाय अंगालेका उनले त्यसपछिका समयहरु फर्केर हेर्नू परेन । कुसल ब्यापारी मा हुनुपर्ने पर्याप्त गुण उनमा थियो । घर बनाएर सम्पती समेत जोडेका उनी एक सफल युवा ब्यापारीको रूपमा गाउँघरमा चिनिएका थिए ।
किरात धर्ममा प्रवेश
बि.स.२०५८ भदौ १५ मा जितपुरको नवमीमा इलाम जिल्ला सम्मेलनको तयारी भइरहेको थियो । संगठनमा प्रवेश गराउनका लागी सुलुबुङ बाट उनकै छिमेकी बागेन्द्र सावदेनले छत्र सावदेन लाई जितपुर सम्म लिएर आएका थिए । भदौ १५ गते बिहान जितपुर निवासी दुर्गासिं माबोको घर सम्म उनैले लगेर शब्दिगुरु दुर्गासिं माबो बाट किरात धर्मदर्शन अनुसार विधिवत रुपमा शब्दी भइ उनी किरात धर्ममा प्रवेश गरेका थिए ।
इलाम जिल्ला सम्मेलन र नालिफूङ्वामा प्रवेस
बि.स. २०५८ साल श्रावण १९ गते किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफूङ्वा यक्पाङ्गेन पान्जुम्भोको गठन भएपछि नालिफूङ्वा संगठन बिस्तार गर्ने क्रममा पहिलो पटक इलाम जिल्ला स्तरिय सम्मेलन बि.स. २०५८ साल भदौ १५ गते इलाम जिल्ला साबिक जितपुर गा.बि.स वार्ड ८ नवमी निवासी श्री लालबहादुर लिङ्देनको निजि निवासमा बृहत भेलामा तत्कालीन यक्पाङगेन पान्जुम्भोको अध्यक्ष श्री नन्द कुमार नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलन बाट साबिक बाँझो ८ निवासी श्री पुर्ण राइको अध्यक्षतामा २२ सदस्यीय समिति चयन गरी किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलामको गठन भएको थियो । सोही सम्मेलन बाट सदस्य पदमा चयन भएका छत्र सावदेन नालिफूङ्वा संगठनमा आवद्ध भएका हुन । यसरी उनी किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भोका संस्थापक सदस्य हुन् ।
शपथ ग्रहण
किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलामको सम्मेलन कार्यक्रम सम्पन्न भइसके पछि बि.स. २०५८ साल भदौ १७ गतेका दिन किरात हाङ्साम माङहिममा साङ्दाङगेन वरुमसावा तत्कालीन किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको केन्द्रिय सचीव श्री हरिकुमार आङबुहाङ द्वारा किरात धर्मको आचारसंहिता लाई पालना गर्दै पद तथा गोपनियताको शपथ ग्रहण लिएका थिए ।
किरात धर्ममा बलिदानी
बि.स. २०५८ भदौ १५ गते जितपुरमा सम्पन्न इलाम सम्मेलन बाट युवाहरुको गौरवशाली साझा संगठन नालिफूङ्वामा आबद्ध रहेका छत्र सावदेन आफ्नो जाती, भाषा, लिपि साहित्य संस्कार संस्कृतिको उत्थान गर्नु पर्छ भनेर लागिपरेका थिए । किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलाम जिल्ला सदस्यमा रहेर किरात धर्ममा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । छोटो समयमा उनले संगठनलाई गति दिन महत्वपूणे भूमिका खेलेका थिए ।
देशको द्धन्दकालिन समयमा पनि इलाम क्षेत्रको विभिन्न आधा दर्जन बढी गाविसमा संगठन बिस्तार गर्नुमा सावादेनको अहम भुमिका रहेको थियो । यसरी किरात धर्ममा प्रवेश गरेको छोटो समयमा उनले धर्मलाई नजिक बाट चिन्ने मौका पाए । एकातिर गृहयुद्ध मौलाउदै गइरहेको थियो । अर्काेतिर किरात धर्म संगठन बिस्तार गर्नु चुनौतीपूर्ण थियो । तर पनि संगठन बिस्तारलाई अगाढी बढाईरहेकै थियो ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ४९ औ जन्मोत्सव कार्यक्रम सकेर किरात साम्यो नालिफूङ्वा केन्द्रबाट पुस ४ र ५ गते भएको किरात धार्मिक प्रशिक्षण कार्यक्रम सकेर गुरुदर्शन भेट साथीभाइहरु संग विदा मागेर आफ्नो निजि निवास सुलुबुङ फर्किने क्रममा इलामको जितपुर लिङदिङमा तात्कालीन माओबादीहरु संग भेट भएपछि झोला खानतलासी गर्दा किरात धर्मको पर्चा रसिद आर्धकट्टी भेटेको कारण अपहरणमा परेका सावदेन लाई दानाबारीको सहबिरे जंगलमा पुर्याएर निर्दयीपुर्वक हत्या गरियो । के कति कारणले हत्या गरिए ? निर्दोष छत्र सावदेन लाई हत्या गर्नुको पछाडी के रहस्य थियो ? समयको घनचक्करमा घरीघरी प्रश्नहरु उब्जिन्छ । तर यसरी मारिएका छत्र सावदेन निर्दोष थिए । बर्गिय मुक्तिको संघर्षमा होमिएका कम्युनिस्ट माओवादीहरु धर्मलाइ अफिम भन्दथे धर्म प्रति बिश्वास गर्दैन थिए र उनिहरु भगवान हुदैन भनेर भ्रम छर्दथे ।
यसरी शक्ति र राज्यसत्ताको विरुद्ध हिंसात्मक युद्धमा उत्रिएका सशस्त्र माओवादी पक्षधर बाट विश्व शान्ती मानव एकताको सन्देश प्रवाह गर्न किरात धर्मदर्शनलाई बिश्वब्यापी गराउन शान्ती र सद्भावको मार्ग बाट अघि बढेका आफ्नो जाती धर्म भाषा लिपि साहित्य संस्कार संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्नु पर्छ भनेर दिलोज्यान दिएर लागिपरेका छत्र सावदेन लाई किरात धर्म सम्बद्ध संस्थाहरुले मरोणापरान्त सम्मानले बिभुषण गरि सकेको छ ।
छत्र सावदेन जसरी नै मारेका र मारिएका टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) रनधोज लाओती,(पान्थर )कीर्तिमान एवाइ राई (इलाम) नरप्रसाद लिङ्देन (ताप्लेजुङ )सहित यी पाँच जनाले किरात धर्मको लागि दिएको बलिदान इतिहासले सम्झिनेछ । उनी सम्बद्ध संस्थाहरुले पनि यिनिहरुको योगदान र बलिदानी लाई सम्मान गर्न सक्नु पर्छ । शान्ती र मुक्तिको मार्ग बाट पनि परिवर्तन सम्भव छ भनेर लागि परेका तिनै किरात शहिदहरुले देखेको सपनाहरु धार्मिक, भाषिक, सांस्कृतिक पहिचानको मुद्दा यतिखेर राजनीतिक बृतमा पेचिलो रूपमा बहसको बिषय बनेको छ ।
आफ्नो घरभित्र बिद्रोह
बि.स. २०५८ भदौ १५ गते धर्ममा दिक्षित गरेको छत्र सावदेनको घरपरिवारमा बुवा आमा दाजुभाइहरुले थाहा पाए पछि स–परिवार घरमा असन्तुष्ट भएका थिए । सबै जना बेस्सरी रिसाए । किरात धर्ममा प्रवेश गरेको कारण उनले घरभित्र बाट राम्रो साथ पाउन सकेन । आफ्नो जाती, धर्म, भाषा, लिपि साहित्य संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन र उत्थान गर्नु पर्छ भनेर लागिपरेका छत्र सावदेन आफ्नै घरभित्र बाट बिद्रोह सुरु गरेका थिए ।
आफ्नो जाती, धर्म कर्मसंस्कार संस्कृति बचाउनको लागि आफ्नो जाती लाई बिकृती बिसंगतिको दलदल बाट माथी उकास्नु पर्छ भन्ने उनको दृढ़ बिचार थियो । बर्तमान किरात धर्मगुरु गुरुआमाहरुको सपना लाई साकार पार्न पछिल्लो समय सक्रिय रुपमा लागिपरेका छत्र सावदेन किरात धर्मदर्शन लाई प्रचारप्रसार गरि बिश्वब्यापी गराउन सके मात्र किरात धर्मको उन्नती र विकास हुनेमा जोड दिन्थे । उनले कुनै कार्यक्रममा होस या भेला बैठकमा होस आफ्नो कुरा बुलन्द आवाजका साथ स्पष्ट रुपले राख्थे ।
किरात धर्मदर्शन लाई बिश्वब्यापी गराउनु पर्छ भन्ने छत्र सावदेन लाई घरपरिवारले साथ नदिएपछि घरमा बसेर आफ्नो बिचार कुन्ठित गर्नु भन्दा बाहिर निस्कनु उचित ठान्थे । बि.स. २०५८ साल फागुन २५ गते मुल घरबाट रित्तो निस्किएका छत्र सावदेनले परिवारको असहयोग र असहमतिको विरुद्ध उनले आफ्नै घरभित्र बिद्रोह गर्नुको कथा बेग्लै छ । अबिवाहित छत्र सावदेन व्यापार ब्यवसाय पनि गर्ने भएकोले उनले राम्रै सम्पती जोडेका थिए । छरछिमेकी बाट सरसहयोग मागेर नजिकै सानो घर समेत बनाइ सेवासावा(पुजारी) बोलाएर घरमा ठूलो सेवा लगाएर सुम्निसा समेत गाडेर किरात धर्ममा लागेका थिए ।
सावदेनको सक्रियतामा संगठन बिस्तार
छत्र सावदेन आफ्नो जातिको धर्म भाषा लिपि साहित्य संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नु पर्छ भनेर लागिपरेको छोटो समयमा उनले इलाममा नालिफूङ्वा संगठनलाई गति दिएका थिए । देशको राजनीतिक बिषमपरिस्थितिमा संगठन बिस्तार गर्नु उत्तिकै चुनौतीपुर्ण समयमा पनि संगठन निर्माण कार्यलाई जोड दिन्थे । छत्र सावदेनको सक्रियतामा इलामको माइपोखरी, बरबोटे, जमुना, प्याङ, माबु, सुलुबुङ आदि दर्जन बढी गाबिसहरुमा नालिफूङ्वा संगठन बिस्तार गर्नुमा छत्र सावादेनको अहम भुमिका रहेको थियो ।
सावदेनको मृत्यु
किरात धर्मवालम्बीहरुको पबित्र स्थल माङ्सेबुङ बाट बतमान किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्युको ५९ औ शुभ जन्मोत्सव कार्यक्रम सकेर घर जाने क्रममा जीतपुर गाबिसको लिङ्दिन भन्ने ठाउँबाट ०५९ साल पुस ४ गते तत्कालीन सशस्त्र माओवादी समूह द्वारा अपहरण गरी दानाबारीको सहबिरे जंगलमा लगेर निर्मम्तापुर्वक बि.स. २०५९ साल पुस ६ गते तत्कालीन माओवादी पक्षबाट उनको हत्या गरिएको थियो ।