माङ्सेबुङमा किरात सहिद छत्र सावदेन १८ औ स्मृती दिवस मनाइयो(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङमा किरात सहिद छत्र सावदेन १८ औ स्मृती दिवस मनाइयो(फोटो फिचर सहित)

माङ्सेबुङ/इलामको माङ्सेबुङमा किरात सहिद छत्र सावदेन १८ औ स्मृती दिवस मनाइएको छ । किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भोको भवनमा आइतबार सावदेनको स्मृती दिवस मनाइएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष कमला तुम्बापोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुम्बापोले छत्र सावदेनले किरात धर्मप्रति पुर्याएको योगदानको चर्चा समेत गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथि सेइङ आत्मानन्द बहुमुखी क्याम्पस प्रमुख होमबहादुर लिङ्देन किरात साम्यो माङ्सेवासावा मुजोत्लुङ पान्जुम्भोका सचीव सन्चहाङ सम्बाहाम्फे कोषाध्यक्ष प्रकास सावदेन रेडियो माङसेबुङका आरजे सेन्छे एवाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरुले तत्कालीन द्वन्दकालमा तात्कालीन माओवादी द्वारा मारिएका शहिदहरु टेकबाहादुर अन्छङ्बो(ताप्लेजुङ), नरध्वोज लाओती(पान्थर), कृतिमान एवाई(इलाम), नरप्रसाद लिङ्देन(ताप्लेजुङ), सहित पाँच जना शहिदहरुको तस्बिरमा उपस्थित अतिथिहरुले पुष्पगुच्छा अर्पण गरि शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरेका थिए ।

सहिद छत्र सावदेनको बि.स. ०५९ साल पुस ६ गते माङ्सेबुङ बाट कार्यक्रम सकेर घर फर्किने क्रममा जितपुर बाट तात्कालीन माओवादी द्वारा अपहरण गरी दानाबारीको सहबिरे जंगलमा निर्मम्तापूर्वक हत्या गरिएको थियो ।

कार्यक्रम दिपक तिगेला लिम्बुको अध्यक्षतामा योगेस लाओतिले संचालन गरेका थिए ।

सम्बन्धित खवर