विभेद र असमानताले बिद्रोहको जन्म गराउ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विभेद र असमानताले बिद्रोहको जन्म गराउ

ज्ञानु केदेम लिम्बू

सिन्धुली/अन्याय, विभेद र असमानताले बिद्रोहको जन्म गराउने नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोक्का मगरले बताए । आदिवासी जनजातिको सवाल र सञ्चार माध्यमको भूमिका विषयक राष्ट्रिय संवाद कार्यक्रममा उनले सो कुरा बताएको हो ।

अन्यायमा परेका र आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्ने कलमको मसि नसुकोस् उनले भने, पुर्खौली भूमिमा पहिचान सहित आत्म सम्मानका साथ बाँच्न पाउनु समृद्धि हो ।

कार्यक्रमको औचित्य मन्तव्य वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ३ का अध्यक्ष काजीमान थिङ, नेपाल आदिवासी जनजाति युवा महासंघका सचिव किरण श्रेष्ठ, ब्ष्उउ का महासचिव चन्द्र थापा, नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मन्तव्य राखेका थिए ।

त्यसैगरी नेपाल आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीले महिलाहरु विभेद र हिंसामा पर्नुको मुख्य कारण के हो खोजी गर्न जरुरी रहेको बताईन ।
व्यवहारिक रुपमा समानता र समावेशी नभएको वक्ताहरुले बताएका छन । विशेष संरक्षित र विशेष स्वायत्त क्षेत्र कायम हुन नसकेको र सार्वजनिक बिदामा समेत विभेद कायमै रहेको उनीहरूले बताएका छन । यसरी नै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा न्युनतम पारिश्रमिकको कार्यान्वयनमा, मिडिया सञ्चालकका समस्या सम्बन्धि अन्तर संवाद कार्यक्रम समेत गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा आइतबार र सोमबार सञ्चालन हुने राष्ट्रिय भेला कार्यक्रमको आज पहिलो दिन फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
राष्ट्रिय भेलाको दोस्रो दिन सम्पर्ण प्रतिनिधिहरुले संयुक्त ऐतिहासिक स्थल सिन्धुली गढीको स्थलगत भ्रमण, औपचारिक उद्घाटन र राष्ट्रिय भेलाको बन्द सत्र सञ्चालन हुने फोनिजका संघीय सचिव कमन देवानले जानकारी दिए ।

 

सम्बन्धित खवर