सरकारले तीनवटै तहको कर नबढाएको : मन्त्री आङबो (फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले तीनवटै तहको कर नबढाएको : मन्त्री आङबो (फोटो फिचर सहित)

माङसेबुङ/सरकारले तीनवटै तहको कर नवडाएको प्रदेश न. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले बताए । झापाको कचनकवल ७ मा रहेको दिपज्योती सामुदायिक बन उपभोक्ता समुहको १२ औं साधारण सभाको उद्घाटनलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएको हो ।

‘सडक आन्दोलन गरेर समस्याको समाधान हुँदैन’ उनले भने ‘करको विषयमा चित्त नबुझे वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न सकिन्छ ।’ मन्त्री आङबोले बन क्षेत्रमा निर्माण हुन लागेको पर्यापर्यटन बिकासमा प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता जनाए ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि लिम्बूको अध्यक्षता भएको कार्यक्रममा सामुदायिक वनले एक लाख भन्दा बढी मूल्यको कचनकवल ७ मा बसोबास गर्ने आफ्ना उपभोक्ता मध्ये बिपन्न बर्गका करिब एक सय परिवारलाई न्यानो कम्बल समेत बितरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद वसन्त बानिया, प्रदेश सांसद ओमप्रकाश सरावगी, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, जिल्ला वन महासंघ झापाका अध्यक्ष वेद प्रकाश भण्डारी, शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष मोतीलाल राजवंशी, डिल्ली घिमिरे, किरण लिम्बू, मेदनी सिवाकोटी लगायतको पनि उपस्थिति रहेको थियो ।

यसैगरि आर्थिक मामिला तथा योजनामन्त्री आङबोले झापाको कचनकवल ७ बालुवाडीमा रहेको शहीद स्मृति प्रतिष्ठानको भवन समेत शिलान्यास गरेका छन् । प्रदेश सरकारको १० लाख बजेटमा निर्माण हुन लागेको सो भवन बनाउनका लागि दुई कट्ठा जग्गा दिने जग्गादाता राममोहन राजवंशीलाई सम्मान गरिएको थियो ।

शिलन्यास गर्ने क्रममा उनले नेपालकै होचो भूभाग कचनकवलको विकासको निम्ति प्रदेश सरकारले आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आइरहेको बताए । उनले संविधान संशोधनसँगै देशको विकास र समृद्धिको पक्षका लागि अन्य शक्तिलाई सामेल गरेर अघि बढ्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा मन्त्री आङबोले झापाको कचनकवल ७, बालुवाडीमा रहेको किरात इक्सा माङहिमको समेत अवालोकन गरेका थिए । यसरीनै कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खवर