कोरियामा कार्यरत इलामका युवाहरुद्धारा आविष्कार केन्द्रलाई सहयोग - Mangsebung News
  • सोमबार, भदौ २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरियामा कार्यरत इलामका युवाहरुद्धारा आविष्कार केन्द्रलाई सहयोग


माङसेबुङ/दक्षिण कोरियामा कार्यरत इलामका युवाहरुले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएका छन् । महावीर पुनको आबिष्कार केन्द्रलाई सहयोग गर्ने अभियानमा इलामे युवाहरु आर्थिक संकलनमा जुटेका हुन् ।

सामाजिक संजाल मार्फत आर्थिक संकलनलाई तीब्र पारिएको अभियानका संयोजक भवानी घिमिरेले जानकारी दिए । समाजले २ लाख रुपैयाँ संकलन गरेपछि आविष्कार केन्द्रलाई सहयोग गर्ने योजना बनाएको छ ।

आबिष्कार केन्द्रलाई सहयोग गर्नुपर्छ भनेर विश्वव्यापी रुपमा बिभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमा सहयोगको लागी अभियान सञ्चालन भईरहेको अवस्थामा इलामेलीहरु पनि यस अभियानमा सामेल भई अभियान थालेको संयोजक घिमिरेले बताए ।

सामाजिक कामको लागि कोरियामा स्थापना गरिएको इलामेली समाजको अगुवाईमा आर्थिक संकलन थालिएको समाजका सचिव केदार निरौलाले जानकारी दिए । ५ वर्ष पहिले स्थापना भएको समाजले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दे आएको छ ।

सम्बन्धित खवर