संघका केन्द्रिय उपाध्यक्ष सेर्माको निधन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघका केन्द्रिय उपाध्यक्ष सेर्माको निधन


शिवसताक्षी/किरात धर्म तथा साहित्य उथान संघका केन्द्रिय उपाध्यक्ष नरेन्द्रकुमार सेर्माको निधन भएको छ ।

बिगत एक बर्ष यता क्यान्सर रोगबाट पीडित भएका सेर्माकोे मंगलबार राती ७३ वर्षको उमेरमा निधन भएको हो ।

२०५१ सालमा विधिवत रुपमा किरात धर्ममा प्रवेश गरेका सेर्मा २०६० मा संघको केन्द्रिय सदस्य हुदै ०६६ बाट उपाध्यक्षको रुपमा हाल सम्म कार्यरत रहेका थिए । आफुले पाएको जिम्मेवारी इमानदारीताका साथ बहन गर्ने कर्तव्य निष्ठ कार्यकता किरात धर्मले गुमाएको संघका मुख्य सचिव संकल्प लिङदेन(पदम)ले बताए ।

सेर्मा बालसेवा निमाविको स्थापना कालका शिक्षक समेत थिए । उनले शिक्षण पेसा त्यागे पश्चात् सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत भएर दुई कार्याकाल काम गरेका थिए । यसरीनै सेर्माले भगवती प्राविको स्थापना गरेका थिए । हाल सञ्चालनमा रहेको छ ।

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष समेत रहेका सेर्माको जन्म वि.स. २००३ साल असार २६ गते बुधबार पान्थरको कुम्मायक गाउँपालिका २ (साविक माङजाबुङ १) मा पापा जहरसिं सेर्मा र माम्मा आनाहाङमा सङबाङफेको कोखबाट कान्छा छोराको रुपमा भएको थियो ।

सेर्मा २०२६ सालमा झापा शिवसताक्षी नगरपालिका ८ (साविक सतासी गाविस) डुडामारी सेर्मामेयुङ चौकमा बसाई सरी ३ भाई छोरा र ४ बहिनी छोरी र श्रीमती दिदमाया चेम्जोङको साथमा बसोबास बसोबास गर्दै आएका थिए ।

सम्बन्धित खवर