गायक जेपी र गायिका पुष्पाको आवजमा ‘आखेन नुमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक जेपी र गायिका पुष्पाको आवजमा ‘आखेन नुमा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ/पछिल्लो समय गीत संगीतमै छाईरहेका गायक तथा संगीतकार जेपी नेम्बाङ र गायनमा डेव्यू गरेका नायिका पुष्पा आङदेम्बेको आवाजमा बिक्कुलै नयाँ लिम्बू गीत ‘आखेन नुमा’ भिडियो सार्वजनिक गरिएको छ ।

ख्यातीप्राप्त गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक जेपीकै संगीत रहेको भिडियो गायक जेपी नेम्बाङकै अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

तरेबा तरेमाहरुको माया प्रेमको संवाद अनि एकले अर्काको वर्णन गरेको प्रेमिल भाव रहेको गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । भिडियोमा तेह्रथुमे बुटीकको पहिरन रहेको छ ।

गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको हो । भिडियोलाई इसाक चबेगुले छाँयाङकन तथा सम्पादन गरेका हुन ।

सम्बन्धित खवर