भारी हिमपातका कारण पूर्वी पहाडी क्षेत्रमा जनजीवन प्रभावित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारी हिमपातका कारण पूर्वी पहाडी क्षेत्रमा जनजीवन प्रभावित

दमक/शुक्रबार दिउँसोदेखि पूर्वी तथा उच्च पहाडी क्षेत्रमा मौसममा बदली भएको छ । पूर्वी तथा उच्च पहाडी क्षेत्रमा वर्षा हुनुका साथै भारी हिमपात भएपछि मौसममा बदली भएको हो ।

एक्कासी चिसो बढेसँगै वर्षा र हिमपात भएपछि पूर्वी पहाडी क्षेत्रको जनजीवन प्रभावति भएको छ । इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकाको उच्च भुभागमा हिमपात भए सगै जनजिवन प्रभावित बनेको हो ।

सन्दकपुर गाँउपालिकाको सन्दकपुर , जौवारी , माबु र माइमजुवाको माथिल्लो क्षेत्रमा बाग्लो हिमपात भए संगै जनजीवन प्रभाबित भएको छ ।

ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र पाचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरह्नदेखि हिमपात सुरु भएको स्थानियको भनाई छ ।

संखुवासभाको गुफापोखरी, मंगलबारे र चौकी लगायतमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको गुफापोखरीका स्थानीयले बताए ।

बाक्लो हिमपातका कारण ताप्लेजुङको साँघु, जाने यातायातका साधनहरु हिउँले बाटो अवरुद्ध बनाएपछि संचालनमा आउन सकेका छैनन् ।

यसरीनै शुक्रबार अपरह्नदेखि हिमपात भएपछि संखुवासभाबाट तेह्रथुमको बसन्तपुर आउँदै गरेका दर्जनौं सवारीसाधन बाटोमै अलपत्र परेको छ ।

यसैगरि माइजोगमाई गाउँपालिकाको तुम्लिङ, थुम्के र जोगमाईमा समेत भारी हिमपात भएको छ । अत्याधिक चिसोका कारण सर्वसाधरण घर बाहिर निस्कन नसकेको स्थानियको भनाई छ ।

लेकाली भेगमा यहि समयमा धमाधम बर्खे लालु रोप्ने सिजन भएकोले हिमपात हुदा किसानको बर्खे आलुरोप्ने कार्य रोकिएको छ ।

सम्बन्धित खवर