माङ्सेबुङमा किरात ज्योतिषबिद रनधोज नेम्बाङको १०३ औ जन्मजयन्ती - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङमा किरात ज्योतिषबिद रनधोज नेम्बाङको १०३ औ जन्मजयन्ती

माङसेबुङ/इलामको माङ्सेबुङमा किरात ज्योतिषबिद रनधोज नेम्बाङको १०३ औ जन्मजयन्ती मनाइएको छ । किरात साम्जिक मुन्धुम निसामहिमको सभाहलमा शनिबार नेम्बाङको जन्मजयन्ती मनाइएको हो ।

किरात खाइक थोबोजुम माङ्सेबुङ तुम्जुम पान्जुम्भोको आयोजनामा किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको कोषाध्यक्ष प्रकाश सावदेनको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथी सावदेनले स्व नरध्वोज नेम्बाङले किरात खाइक(ज्योतिष) लाई लिपि बद्द गरेर किरात ज्योतिष क्षेत्रमा अध्ययन र अध्यापन गर्ने गराउनेहरुको लागि एउटा कोषेढुङगा साबित भएको बताए ।

कार्यक्रममा बिशेष अतिथी किरात साम्जिक निसामहिम ब्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङ्देम्बे माङ्सेबुङ गाउपालिका वडा ५ का सदस्य पबित्र तुम्बाहाम्फे लगायतले मन्तव्य राखेका थिए ।

यसरीनै नेम्बाङले पुर्याएको योगदानको बारेमा कार्यक्रममा उपस्थित अतिथिहरुले चर्चा गरेका थिए ।े राखेको थियो ।

सम्बन्धित खवर