आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुदैं - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुदैं

माङसेबुङ/राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हँुदैछ ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुने भएको छ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने भएको छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता हुन, प्रदेश सभाका सांसद र स्थानीय तह (गाउँपालिका र नगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेश सभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता रहेका छन् ।

सम्बन्धित खवर