रिता र दिलिपको ‘यालाक्ती मेम्बी’ पालाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रिता र दिलिपको ‘यालाक्ती मेम्बी’ पालाम सार्वजनिक(भिडियो सहित)


आन्छुमे नसान
माङसेबुङ/गायिका रिता फोम्बो ‘ठुली’ र गायक दिलिप फुरुम्बोको आवाजमा पालाम ‘यालाक्ती मेम्बी’ भिडियो सार्वजनिक गरिएको छ । रिता फोम्बो ‘ठुली’को ‘निङवासुम २’ मा संग्रहित पालाम युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।

गायक दिलिप फुरुम्बोको शव्दभाव रहेको पालाममा श्याम लिम्बुको संगीत संयोजन रहेको छ । गायक फुरुम्बोलेनै निर्देशन गरेको भिडियोलाई तिलक रिजालले खिचेका हुन् ।

सनम पयाङगु, दिप केरुङ, देवेन्द्र चोङवाङ र सामाना फोम्बोको अभिनय रहेको भिडियोमा बिक्रम याम्फुको ड्रोन छाँयाङकन रहेको छ ।

वैवाहिक कार्यक्रममा तरेवा र तरेमाहरुको भेट पछि धान नाचिएको दृश्यलाई कैद गरिएको लिम्बू संस्कारमा आधारित धाननाचलाई देखाउन खोजिएको भिडियोमा कृष्ण सुबेदीको श्रृङगार गरेका हुन् ।

बिरेन्द्र भाट बिपिनले सम्पादन गरेको भिडियो भक्ति आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

सम्बन्धित खवर