मङसेबुङ/सन्तोष साहुखल शहीद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा उनले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका हुन् ।
सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका थिए ।
च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका थिए । जारी लिगमा उनको यो चौथो गोल हो ।
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले पुलिस क्लबलाई बराबरीमा रोकेको छ । च्यासलले पुलिसलाई २–२ गोलको बरावरीमा रोकेको हो ।
सन्तोषले आफ्नो करियरको शतकिय गोल पुरा गर्नुका साथै टिमलाई बरावरीको नतिजा दिलाएका हुन् ।
बुधबारनै उपाधि दावेदार थ्रीस्टार क्लव ब्रिगेड ब्वाईजलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
खेल सुरु भएको १५ मिनेटमै सुशान्त श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा अनन्त तामाङले अर्को गोल थपेपछि थ्रीस्टारले पहिलो हाफमै २–० को अग्रता बनायो ।
दोस्रो हाफको ५८ औं मिनेटमै विदेशी खेलाडी वासी हजमतले टिमका लागि तेस्रो गोल गरे । ब्रिगेडका रोशन रानामगरले ९० औं मिनेटमा सान्त्वना गोल फर्काए ।