बिग ब्यास लिगमा सन्दिपको टिमको छैटौं जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिग ब्यास लिगमा सन्दिपको टिमको छैटौं जित

दमक/बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले छैटौं जित निकालेको छ ।

बुधबार भएको खेलमा मेलबर्नले सिड्नी थन्डर्सलाई ६ विकेटले हराएको हो । जितसँगै मेलबर्न सात खेलमा १२ अंकका साथ लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

बुधबार भएको खेलमा भने नेपाली बलर सन्दिप लामिछाने विकेट विहिन बनेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले २० ओभरमा एक सय ४५ रन बनायो ।

थन्डर्सका लागि कप्तान कालुम फर्गुसनले ३५ रन बनाए भने उस्मान ख्वाजाले ३३ रन बनाए ।

बलिङमा मेलबर्नका पाकिस्तानी बलर हरिस रउफले ह्याट्रिक लिए । नेपाली बलर सन्दिप लामिछाने चार ओभरमा ३९ रन दिए ।

जवाफमा मेलबर्नले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले ५५ तथा मार्कस स्टोनीसले ५० रन बनाए ।एजेन्सी

सम्बन्धित खवर