इतिहासमैै पहिलोपटक संसद्मा चेपाङ भाषामा सम्बोधन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इतिहासमैै पहिलोपटक संसद्मा चेपाङ भाषामा सम्बोधन

मङसेबुङ/नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्मा चेपाङ भाषामा सम्बोधन गरिएको छ ।

प्रदेश न. ३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले चेपाङ भाषामा सम्बोधन गरेका हुन ।

बिहीबार प्रदेश न. ३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभा चेपाङको पहिचान सहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन् ।

सन्त चेपाङ मकवानपुर जिल्लाबाट नेपाली कांग्रेसको उम्मेदवार बनेर विजयी सांसद हुन् ।

नेपालको संसदीय इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन ।

चेपाङ जातिलाई नेपाल सरकारले प्रजा जाति घोषणा गरेर यसको उत्थान र विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

नेपालमा खासगरी धादिङ, मकवानपुर र चितवनमा चेपाङहरूको बसोबास रहेको छ ।

सम्बन्धित खवर