संघको पुर्ण बैठक सम्पन्न, अधिवेशनको तयारी सुरु - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघको पुर्ण बैठक सम्पन्न, अधिवेशनको तयारी सुरु

दमक/ लामो समय पछि किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिको पुर्ण बैठक सम्पन्न भएको छ्र ।

सो बैठकमा आठौ केन्द्रिय महाधिवेशन कसरी सम्पन्न गर्ने, स्मृति ग्रन्थ प्रकाशन, उथान संघको केन्द्रीय भवनको आन्तरिक लेखा प्ररिक्षण, प्रत्येक जिल्लामा आजीवन भेला गर्ने र आर्थिक संकलन कसरी गर्ने भन्ने विषयमा तातोतातो छलफल बहस भएको छ ।

संघको केन्द्रीय उपाअध्यक्ष दंगधोज खोयाहाङले स्वागत मन्तव्य राख्दै अहिलेसम्म भएको कार्यहरुको सुस्म अध्ययन तथा के कति प्रगति भए भन्ने कुरा बैठकमा आउनु पर्छ भन्दै यो आठौं केन्द्रीय अधिवेशन हुनु भन्दा अगाडि स्मृति ग्रन्थ प्रकाशन हुनु पर्ने र केन्द्रीय भवनको निर्माण सम्पन्न गरी उद्धाटन गर्नु पर्ने कुरामा जोड दिए ।

केन्द्रिय उपाध्यक्ष दुधबहादुर लाओतिले लामो समयसम्म स्मृति ग्रन्थ प्रकाशन हुन नसक्नुले व्यवहारिक जीवनमा पनि असर पर्न थालेको बताए । स्मृति ग्रन्थ प्रकाशनका लागि संकलन गरीएको विज्ञापन रकम कहाँ गयो भनेर सरोकारवालाहरुले सोध्न थालेको बताए । उनले अरुको संगठनमा साह्रो गाह्रोमा सबै आउछन्, हाम्रो संगठन त केन्द्रीय उपाध्यक्षहरु मर्दा पनि किन वास्ता हुदैन भनेर दुखेसो पोखेका छन् ।

यसरीनै यो संगठन एकल तरिकाले चल्नु हुदैन् । यदि संगठनलाई चुस्त दुरुस्त बनाउने हो भने पुर्ण बौठकले पारित गरेर कामहरु गरीनु पर्छ्र । भवनको भाडा उपसमिति बनाइ उठाउनु पर्छ र भाडा कति उठिरहेको छ भन्ने कुरा स्पष्ट रुपमा आउनु पर्छ भन्ने कुरा उपाध्यक्ष सेसेहाङ फियाकले राख्नुका साथै आठौ अधिवेशन गर्नु भन्दा अगाडी फाल्गुनन्द स्मृति प्रतिष्ठानको आर्थिक आयव्यय प्रष्ट पार्नु पर्ने धारण राखेका छन ।

पुर्ण बैठकको सुचना समाजिक सन्जालमा राखेर मात्र हुदैन पत्रचार नै गरिनु पर्छ, आजीवन सदस्यहरुको नविकरण गर्नु पर्छ भन्ने कुरामा म सहमत छैन र यो हुदैन भनेर केन्द्रीय सदस्य नरेन्द्र कुरुम्बाङले बताए ।संघको मुख्य सचिव संकल्प लिङदेनले संधको भवनको आन्तरिक लेखापरिक्षण राम्रो गरी स्पष्ट ल्याउने र बिच बिचमा प्रश्नहरु सोधेर हलो नअडकाउन निर्देशन गरे । अन्त्यमा आइपुगेका केन्द्रिय उपाध्यक्ष जित बहादुर सिगुले यो भवन र यत्रो वर्ष अड्किएर रहेको स्मृति ग्रन्थ कुनै हालतमा निस्कदैन । यसरी असम्भव कुरा गर्छु भनेर केन्द्र अध्यक्षले नभनेको भए हुन्थियो भन्ने सल्लाह दिए ।

याक्थुङ चुम्लुङले देशको विभिन्न स्थानहरुमा अधिवेशन गर्छ, अब हामी पनि स्थानिय सरकारको आगमन संगसंगै गाउँपालिका, नगरपालिका वा महानगरपालिकामा लानु पर्छ । स्मृति ग्रन्थको पनि आर्थिक प्रतिबेदन प्रस्तुत गर्न केन्द्रिय सदस्य जितेन पङधाकले माग गरे ।

काठमाडौंबाट आएका केन्द्रिय सदस्य भिम नेम्बाङले अब बुडाहरुले नेतृत्व समाल्न सकिन्न, जुझारु युवाहरुलाई नेतृत्व दिन पनि सुझाएका छन ।

आठौ केन्द्रीय महाधिवेशन आगामी चैत २६ गते बाट सुरु हुने कुरा केन्द्रिय अध्यक्षले बताए ।

यसरी नै वैठकमा उठेका प्रश्नहरुको क्रमिक जवाफ दिदै केन्द्रिय अध्यक्ष डकेन्द्रसिंह थेगिमले अब स्मृति ग्रन्थ र भवन तीन महिना भित्र प्रकाशन र उद्धाटन गर्छु भन्ने वाचा गरे किरात धर्म गुरु ज्युको निर्देशनले मात्र अध्यक्षमा रहेको हु अबको अधिवेशनबाट बिश्राम पाउ भनि बिन्ती बिसाएको छु समेत भनेका छन् ।

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिको बैठक दमकस्थित संघको केन्द्रीय भवनको सभाकक्षमा पुस २३ गते सम्पन्न भएको छ । संघको आठौं केन्द्रीय महाधिवेशन आगामी चैत २६ गते सम्पन्न हुने समेत सो बैठकले निर्णय पारित गरेको छ ।

माङसेबुङ मासिक संवादाता

सम्बन्धित खवर