तिर्सना र इन्द्रको आवाजमा ‘झिल्के सोल्टा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिर्सना र इन्द्रको आवाजमा ‘झिल्के सोल्टा’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ/फक्ताङलुङ आइडल गायिका तिर्सना नेम्बाङ र गायक इन्द्रशुसील चोङबाङको आवाजमा रहेको बिल्कुलै नयाँ पुर्वेली भाकाको गीत ‘झिल्के सोल्टा’ भिडियो सार्वजनिक गरिएको छ ।

टिपिकल पृथक लयमा तयार पारिएको गीतलाई गायक इन्द्रशुसील चोङबाङ लिम्बुले लय संकलन गरेका हुन् । राजु कार्की को संगीत संयोजन रहेको गीतलाई गीतकार एस पी निङलेकु लिम्बुले सृजना गरेका हुन् ।

तरेमा र तरेवाहरुको जुहारी (पुर्वेली दोहोरी)लाई प्रस्तुत गर्न खोजिएको भिडियोमा गायिका तिर्सना र गायक इन्द्रशुसीलको अलावा रोजिना थेगिम, सिमरन भण्डारी, प्रकाश थलङ, असोक थलङ र सन्देश इश्बोले समेत साथ दिएका छन् ।

किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई सुरेश राईले रेकर्डिङ गरेका छन् भने राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

कृष्ण थलङको छाँयाङकन तथा सम्पादनमा तयार गरिएको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस

सम्बन्धित खवर