दमक/सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।
बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको बताए । यसका लागि पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । ।
यता उपसभामुख तम्बाहाम्फेले राजीनमा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छन् ।
गत असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन कृष्णबहादुर महरा जेल गएसंगै सभामुख पद रिक्त रहेको छ ।