आन्छुमे नसान
दमक/गायिका सृजना चबेगु र गायक बि.बि.सेर्मा लिम्बूको आवाजमा रहेको गीत ‘देउराली वनैमा’ भिडियो सार्वजनिक गरिएको छ ।
पुर्वेली लोकभाकामा तयार पारिएको गीतको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक, संगीतकार तथा गीतकार यादन सेर्मा लिम्बूको शव्दभावहरुमा सजिएको गीतलाई गायक बि.बि. सेर्मा लिम्बू संगीत भरेका हुन् ।
सेवा रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्डिङ गरेको गीतलाई पदम राजन मगरलेनै संगीत संयोजन गरेका हुन् ।
मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरीङ गरेको भिडियोलाई जीवन मुकारुङले छाँयाङकान तथा सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=8p7EzJJGOH0