पान्थरको माझिटारमा मक्कर महोत्सव - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको माझिटारमा मक्कर महोत्सव


दमक/पान्थरको माझिटारमा मक्कर महोत्सव हुने भएको छ । फिदिम नगरपालिका, हिलिहाङ गाँउपालिका र तेह्रथुमको आठराई गाँउपालिकाको संगमस्थल माझिटारमा यो बर्षबाट सुरु गर्न लागिएको हो.।

फिदिम ४, हिलिहाङ ७ र तेह्रथुमको आठराइ गाउँपालिका वडा नम्बर ६ को संयुक्त आयोजनामा पर्यटन बर्षको प्रचारका लागि महोत्सव आयोजना गर्ने तयारी गरिएको फिदिम नगरपालिका ४ का वडाध्यक्ष प्रकाश गुरुङले बताए ।

महोत्सवमा बिभिन्न संस्कृतिक कार्यक्रमका साथमा भलिवल प्रतियोगता, छोटो दुरीको जल यात्रा, माझि समुदायमा आधारीत खानाका परिकारका स्टल सहित पर्यटकलाई आकर्षित गर्ने रमाइला खेलहरुको आयोजना गर्ने भएको छ ।

दुई जिल्लाका ३ वडाको सहकार्यमा पहिलोपटक यस्तो कार्यक्रमको आयोजना हुन लागेको फिदिम ४ का अध्यक्ष प्रकाश गुरुङले बताए ।

कार्यक्रमको तयारी अन्तरगत आयोजक समिति समेत गठन गरिएको छ । त्यस बाहेक प्रतियोगिताका लागि खेलाडी निमन्त्रण, महोत्सव स्थलमा आवस्यक तयारी समेत थालिएको अध्यक्ष गुरुङले बताए ।

महोत्सवले पर्यटन बर्ष २०२० का लागि पर्यटक भित्राउने मात्रै नभएर माझिटार क्षेत्रको सर्वपक्षिय बिकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शनिबार वडाध्यक्ष गुरुङको अध्यक्षता र फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङको प्रमुख आतिथ्यतामा बसेको बैठकले माझिटारमा मक्कर महोत्सव गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी मुरारी बस्ती, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका प्रमुख सहितको उपस्थिति रहेको थियो । महोत्सव पुस २९ र माघ १ गते दुई दिन आयोजना गरिने भएको हो ।

सम्बन्धित खवर