सोनिकाको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन गठन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोनिकाको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन गठन

माङसेबुङ/समाजबादी विद्यार्थी युनियन धनकुटा जिल्ला तदर्थ कमिटी सोनिका आठपहरियाको अध्यक्षतामा गठन गरिएको छ ।

पार्टीले अघि बढाएको संगठन बिस्तार तथा सुढृढिकरण (बिसु) अभियानलाई आत्मासाथ गर्दै समाजबादी पार्टीको विद्यार्थी संगठन समाजबादी विद्यार्थी युनियन धनकुटाको तदर्थ कमिटी गठन गरिएको हो ।

नव गठित उपाध्यक्षमा सुमन कट्वाल, सचिव बिकास राई, सह–सचिव अमृता लिम्बु, कोषाध्यक्ष सबिता भट्टराई रहेका छन् ।

सदस्यहरुमा कल्पना कार्की, नवराज पौडेल, रेनुका तामाङ, सुस्मिता राई, स्मिता खिम्बुले, सुश्मा राई, अनुरा राई, बेबिन राई, राजेन्द्र लिम्बु, अस्मिता लम्जेल, रोनिसा राई, दीक्षा राई, शान्ती लिम्बू, स्मृति राई, अस्मिता बस्नेत, बिष्णु लिम्बु, लक्ष्मि याख्खा र सरु याख्खा रहेका छन् ।

पार्टीको बिशेश पहलमा संगठनको जिल्लासँगै नगर कार्यसमिति पनि एक कार्यक्रमकाबीच गठन गरिएको छ ।

नगर अध्यक्षमा अर्जुन आठपहरिया, सचिव ममता मगर, कोषाध्यक्ष असिम भण्डारी, सदस्यहरु अषिन राई, रेणका राई, निसा राई, प्रदिप आठपहरिया, युवराज हमाल, साइत कुमारी आठपहरिया, युवराज हमाल, रञ्जना घिमिरे, सुप्यिा राई, दिनेश आठपहरिया, सुम्निमा राई, निसल पौडेल, सरस्वती श्रेष्ठ, दिपेश कार्की, सहिन श्रेष्ठ, राहुल राई, पार्वती विश्वकर्मा सहित १९ सदस्यीय रहेका छन् ।

नव गठित कार्यसमितिको घोषणा पार्टी जिल्ला अध्यक्ष बल बहादुर राई र नगर अध्यक्ष दिल कुमार राईले घोषणा गरेकोे हो । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य योगेन्द्र राई समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेको छ ।

सम्बन्धित खवर