इलामेली समाजको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा निरौला - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामेली समाजको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा निरौला

दमक/इलामका युवाहरुले दक्षिण कोरियामा स्थापना गरेको इलामेली समाजको तेस्रो अधिबेशनले केदार निरौलाको अध्यक्षतामा १५ सस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

सउलमा भएको अधिबेशनबाट समितिको बरिष्ट उपाध्यक्षमा पवित्रा थेबे, उपाध्यक्षहरुमा महेश थापा, भवानी घिमिरे, लिला खतिवडा, महासचिवमा बाल कुमार राई, सचिवमा उपेन्द्र निरौला, कोषाध्यक्षमा सुदिप फागो र सह–कोषाध्यक्षमा रमा कार्की चयन भएका हुन् ।

यसरीनै सदस्यहरुमा राज कुमार गुरुङ, चन्द्र कान्त दुलाल, सुमन राई, अर्जुन श्रेष्ठ, बिशाल जबेगु लगायत रहेका छ्न । ६ बर्ष अघि स्थापना भएको समाजले सामाजिक क्षेत्रमा काम गर्दे आएको सचिव उपेन्द्र निरौलाले बताए ।

पछिल्लो समय समाजले सुर्योदय र हरियाली इलामेलीहरुको पहिचान, पर्यटन प्रर्बद्धन र समाज सेवा हाम्रो अभियान भन्दै काम गरिरहेको छ ।

सम्बन्धित खवर