ईरानकी ओलम्पिक पदक विजेताको देश छोड्ने घोषणा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ईरानकी ओलम्पिक पदक विजेताको देश छोड्ने घोषणा

ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने घोषणा गरेकी छिन् ।

सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै २१ वर्षीया किमिया यसबारे लेखेकी छिन, ईरानमा बसेर ‘पाखण्ड, झुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहेकि छैनन् ।

सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जित्दै ईरानका लागि इतिहास रचेकी किमियाले आफुलाई ईरानमा सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । उनले हाल कहाँ छिन, केही पनि जानकारी दिएकी छैनन् । तर ईरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणको क्रममा न्युजिल्याण्डमा हुन सक्ने बताइएको छ ।

 

ईरानमा सरकारविरुद्ध प्रदर्शन चर्किरहँदा किमियाले देश छोड्ने फैसला गरेकी हुन् । गएको बुधबार युक्रेनी यात्री विमान भुलवश मिसाइल प्रहारबाट खसालिएको र दुई दिनसम्म झुट बोलेको भन्दै ईरानका जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यसै बेला उनले सामाजिक सञ्जालको पोस्टमा ईरानका अधिकारीहरुले आफ्नो सफलतालाई प्रोपोगाण्डाको रुपमा प्रयोग गरेको आरोप समेत लगाएकी छिन् ।

यसका अलावा पछिल्लो केहि दिनयता ईरान र अमेरिकाबीच तनाव बढिरहेको छ ।

अधिकारीहरुद्धारा अपमान

किमियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन, ‘म ईरानमा सताइएका लाखौँ महिलामध्ये एक हूँ, मैले वर्षाैँसम्म देशको लागि खेलेँ । अधिकारीहरुले जे भने मैले मानिरहेँ । सबै आदेशको पालना गरे तर उनीहरुका लागि हाम्रो कुनै महत्व छैन । हामीलाई केवल प्रयोग हुने हतियार बनाइयो ।’

 

उनले युरोपबाट आकर्षक प्रस्ताव आएको भन्ने खबर साँचो नभएको र कहाँ जाने भनेर निर्णय नगरिसकेको बताइन् । गएको हप्ता उनी गायब भएको खबर बाहिरिएपछि ईरानीहरुले झुटको आरोप लागेको प्रतिक्रिया दिएकी थिइन् ।

सम्बन्धित खवर