सहमति जुट्यो देउवा, पौडेल र सिटौलाबीच - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सहमति जुट्यो देउवा, पौडेल र सिटौलाबीच


दमक/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमती जुटेको छ ।

देउवा निवास बूढानीलकण्ठमा आइतबार साँझ देउवा, पौडेल र सिटौलाबीच भएको भेट वार्तामा पार्टीमा देखिएका सबै खाले गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटेको कांग्रेसका केन्द्रीय सदस्य तथा देउवा निकट नेता रमेश लेखकले जानकारी दिए ।

लेखकले भने, ‘तिनैजना नेता बिच कांग्रेसमा देखिएको समस्या सहमतिकै आधारमा समाधान गर्ने सहमती बन्यो’, उनले भने,’दुई घण्टा भएको छलफलले चाँडै समस्या समाधान गर्ने आधार भन्यो, भोली रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि दिल्ली जाँदै हुनुहुन्छ, उहाँ फर्केपछी सबै समस्या हल गर्ने सहमती बन्यो ।’

मुख्यतया १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, भ्रातृ संस्था नेपाल तरुण दल र नेविसंघको म्याद थप लगायतको माग गर्दै कांग्रेसको मंसिर २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता पौडेल, सिटौला समूहले बहिस्कार गर्दै आएको थियो ।

पौडेल र सिटौला समूहको बहिस्कारबीच पुस ११ गते देउवाले १४ औं महाधिवेशनको मिति २०७७ फागुन ७ देखि १०, पार्टी विभागको संख्या बढाएर ४७ पुर्याउने, तरुण दल र नेविसंघको म्याद ६ महिना थप गरेपछी पौडेल, सिटौला समूहले निर्णय खारेज गर्न माग गरेका थिए ।

पौडेल समूहले पुस २१ गतेदेखी पार्टी कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलाले पनि सहमतिका आधारमा हरेक निर्णय गर्न सभापति देउवालाई सुझाव दिएको थियो । तीनदिन बसेको भेला पछि जिल्ला सभापतिलाई देउवाले लन्च मिटिङ गरेका थिए ।

सम्बन्धित खवर