भारतले विनय मोहनलाई पठाउने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतले विनय मोहनलाई पठाउने


दमक, नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वात्रा नियुक्त भएका छन् ।

भारतको मन्त्री परिषद्को बैठकले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

गत महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो ।

भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको पुष्टि गरे ।

उनले भने ‘नयाँ राजदूतका लागि नाम प्राप्त भइसकेको छ ।’ ३० वर्ष भारतीय विदेशी सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् ।

विनयले प्रधानमन्त्री कार्यालयमा पनि सचिवका रुपमा काम गरी सकेका छन् ।

उनले आगामी फेब्रुअरी महिनाबाट कार्यकाल सम्हाल्ने छन् ।

सम्बन्धित खवर