युएईमा बस दुर्घटना, ५ नेपालीको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईमा बस दुर्घटना, ५ नेपालीको मृत्यु

दमक/ युएईको आबुधाबी स्थित बस दुर्घटनामा परी पाँच जना नेपालीको मृत्यु भएको छ ।

 

आबुधाबीमा कामदार बोकेको बस दुर्घटना भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

बसमा २४ जना रहेको बताइएको छ । जसमध्ये १८ जना नेपाली बसमा सवार रहेको जनाएको छ । नेपाली कामदारहरु सरसफाइसम्बन्धी काम गर्ने कम्पनी एमबीएम कम्पनीमा कार्यरत थिए ।

मृतकहरुको पहिचान भइ नसकेको दूतावासले जानकारी दिएको छ । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर