प्रहरी र आस्थाबीच के भएको थियो विमानस्थलमा ....? - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रहरी र आस्थाबीच के भएको थियो विमानस्थलमा ….?

दमक/ गायिका आस्था राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको विषयलाई लिएर टिप्पणी गरेपछि विवादमा तानिएकि छिन् । राउतले रिसाउँदै फेसवुकमा चेकजाँचको विषयलाई लिएर एउटा भिडियो पोष्ट गरेकी थिइन् ।

उक्त भिडियोको बिषयलाई लिएर सामाजिक सञ्जालमा उनको पक्षविपक्षमा जनमत बाँडियो । अधिकांशले उनलाई सुरक्षाकर्मीमाथि यस्तो शव्द प्रयोग नगर्न सुझाव दिए । महिला प्रहरीले आफुलाई अमर्यादित व्यवहार गरेको दावी गर्दै गर्दा विमानस्थलमा भएको घटनाको भिडियो सार्वजनिक भएको  छ ।

सो भिडियो फुटेज हेर्दा गायिका राउत र महिला प्रहरीबीच केही विवाद भएको देखिन्छ । गायिका राउतले एक्सरे मेसिनमा झोला राख्छिन् । हातमा कफिको ग्लास लिएकी राउत मेटल डिटेक्टिङ मेसिनतर्फ जान्छिन् । उनको कफी महिला प्रहरीले एकातर्फ राख्दै ज्याकेट खोल्न लगाउँछिन् ।

भिडियोमा  राउतले जव ज्याकेट एक्सरेमा राखेर आउँछिन् तब उनी अलीक आक्रोसित मुडमा देख्न सकिन्छ । चेकजाँच पछि प्रहरीले राउतलाई कफि दिन्छिन् तर उनले त्यसलाई लैजान खोज्दिनन् । टेवलमा कफिको कप दुवैले एक अर्कातर्फ धकेल्छन् । प्रहरीले कपलाई झोलामा हालिदिन खोजेको पनि देखिन्छ तर राउतले त्यसलाई टेवलमै छोडेर हिँड्छिन् । मुख्यत राउत र महिला प्रहरी बिच भएको यतिनै हो ।

यता प्रहरी समक्ष ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी छिन् ।

 

सम्बन्धित खवर