विश्वकै होचा कृतिमानी खगेन्द्रको मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकै होचा कृतिमानी खगेन्द्रको मृत्यु

दमक, विश्वकै होचा व्यक्ति खगेन्द्र थापाको निधन भएको छ ।

विश्वकै होचा ब्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन भएको हो ।

थापाको पोखरा स्थित मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएको खगेन्द्रलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

मुटु, निमोनिया र दमको रोग देखिएको खगेन्द्रलाई भर्ना गरिएलगत्तै मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।

सम्बन्धित खवर