गायिका थोकफेलाको ‘नाना सेन्छेलुङ’ बिमोचन हुदैं - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका थोकफेलाको ‘नाना सेन्छेलुङ’ बिमोचन हुदैं

आन्छुमे नसान
माङसेबुङ/गायिका थोकफेला लिङदेन र गायक एकान्त आङदेम्बेको आवाजमा सजिएको गीत ‘नाना सेन्छेलुङ’ भिडियो बिमोचन गरिने भएको छ ।

माघ ५ र ६ गते माङसेबुङ इलाममा सम्पन्न हुने सावायेहाङ किरात खिवेक्वा याक्वा सेवा, माङवा–हाङवा वितरण समारोहको अवसरमा उक्त भिडियो विमोचन गरिने भएको हो ।

यसरीनै विमोचन गरिने समयमानै दर्शकहरुको लागि उक्त भिडियो युट्यूव मार्फत समेत सार्वजनिक गरिने गायिका थोक्फेला लिङदेनले बताए ।

सोही अवसरमा थोकफेला गार्मेण्टको प्रस्तुतीमा भेषभूषा प्रदर्शनीका साथै गायिका थोकफेला लिङदेन, गायक राजु आङदेम्बे र गायक इन्द्रशुसिल चोङबाङको सांगितिक प्रस्तुती समेत दिने भएका छन् ।

बिर्ख किराती आङदेम्बे लिम्बूको शव्द तथा संगीतमा टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोलाई मनोज राईले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।

रोजा थेगिमको निर्देशनमा तयार भएको भिडियोमा थोकफेला लिङदेन, एकान्त आङदेम्बेको अलावा ममिला लिङदेन, रोजिना थेगिम, गंगा फियाक लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित खवर