प्रदेश सांसद मनाङ्गे पक्राउ - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश सांसद मनाङ्गे पक्राउ


दमक/ गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ(दीपक मनाङ्गे)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा स्थित लेकसाइडमा अवस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो मनाङ्गेलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

मनाङेले बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए । मत खसालेर लेकसाइडको होटलतिर लागेका राजीवलाई प्रहरीले होटलबाटै पक्राउ गरेको हो ।

मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । बुधबार एन्फा अध्यक्ष गुरुङले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।
उक्त जाहेरीको आधारमा मनाङ्गेलाई पक्राउ गर्न बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई अनुमति दिएको थियो ।

सम्बन्धित खवर