सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर


दमक/ सभामुखमा निर्विरोध रुपमा निर्वाचित नेकपाका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

 

सापकोटाविरुद्ध सर्वोच्चमा शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । त्रिपाठी मुलत द्वन्द्वकालीन मुद्दा मामिलालाई पेशाको रुपमा अप्नाउने कानुन व्यवसायी हुन् ।

 

सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्णय गरेलगत्तै त्रिपाठीलगायत केही द्वन्द्वकालीन मुद्दाको वकालत गर्नेहरुले विरोध जनाएका थिए ।

सर्वोच्चमा शुक्रबार रिट दायर गर्दै सापकोटालाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका त्रिपाठीले रिटमा सापकोटालाई सभामुख निर्वा्चित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छन् ।

 

द्वन्द्वकालीन घटनाको छानबिन गरेर कार्बाही सिफारिस गरी शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी काम थाले पनि केही संघसंस्था र व्यक्तिले आफुअनुकुल द्वन्द्वकालीन मुद्दालाई ब्याख्या गर्दै आएका छन् ।

सभामुखमा प्रत्यासी विना उम्मेदवारी दिएका सापकोटा १२ गते औपचारिकरुपमा सभामुखमा घोषणा हुनेछन् ।

सम्बन्धित खवर