झापाको कचनकवलमा बाह्रौं राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु(फोटोफिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको कचनकवलमा बाह्रौं राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु(फोटोफिचर सहित)


सुक बहादुर योङहाङ
कचनकवल/झापाको कचनकवलमा बाह्रौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता तथा उपराष्ट्रपति चिल्ड्रेन्स गेम्स २०७६ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

कचनकवल गाँपालिका शिक्षा युवा तथा खेलकुद शाखा बनियानी झापाको आयोजनामा राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो ।

कचनकवल गाँपालिकाका अध्यक्ष अन्जारा आलमको प्रमुख आतिथ्यमा र कचनकवल गाँपालिकाका उपाध्यक्ष निमसरि राजवंशीको बिशेष आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा अतिथिहरुलाई छोटो दौड गराई खेलकुद प्रतियोगीताको सुरुवात गरिएको थियो ।

प्रतियोगितामा भलिबल(पुरुष), म्याराथुन(पुरुष÷महिला), ज्यावलीङ थ्रो(पुरुष÷महिला), छेलो (पुरुष÷महिला), लङजम्प(पुरुष÷महिला), हाईजम्प(पुरुष÷महिला), त्रीपल जम्प(पुरुष÷महिला) र कवड्डी(महिला) खेलहरु सञ्चालन हुने भएका छन् ।

कार्यक्रममा कचनकवल गाँपालिकाका अध्यक्ष अन्जारा आलम र उपाध्यक्ष निमसरि राजवंशीले शुभकामना मन्तव्य राखेका थिए ।

कचनकवल शिक्षा शाखाका संयोजक छविलाल बस्नेतले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रम, कचनकवल ३ का वडाध्यक्ष तथा समाजिक बिकास समितिका संयोजक बिजय कुमार राजबंशीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार देखि सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता तीनदिन सम्म चल्ने भएको छ ।

सम्बन्धित खवर