नेपालमा पनि कोरोना भाइरस, लक्षण र बच्ने उपायहरु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पनि कोरोना भाइरस, लक्षण र बच्ने उपायहरु


दमक/ नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । चीनको वुहानबाट फर्किएका ३१ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धनुषाका ती व्यक्ति केहीदिनअघि चीनबाट फर्किएको र नेपाल आए लगत्तै बिरामी परेका थिए । रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको र ती व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

के हो कोरोना भाइरस ?
कोरोना भाइरस सन् २००३ मा देखिएको सार्स प्रजातिभित्रकै नयाँ भाइरस हो । यो पशुवाट मान्छे र पशुमा संक्रमण गर्छ । तर अहिलेसम्म जनवारवाट मानिसमा संक्रमण भएको आधार प्रमाणित भइसकेको छैन । सुरुमा रुघाखोकी लाग्ने र कडा ज्वरो आउने र समयमै उपचार नभए मिर्गौला समेत फेल भई बिरामीको मृत्यु हुन सक्छ । यो भाइरस मानिस या पशुवाट मानिसमा सरिरहेको छ भन्ने बारेमा प्रमाणित भइसकेको छैन । तर एउटै परिवारका सदस्यहरु विरामी भएको पाइएकोले परिवारका सदस्यहरु एउटै स्रोतवाट संक्रमण भएको देखिन्छ । यो रोगको कुनै औषधी छैन तर लक्षणको आधारमा उपचार गरिन्छ ।

 

लक्षणहरु
– कडा ज्वरो आउने
– श्वास–प्रश्वासमा अत्यधिक समस्या हुने
– रुघाखोकी लाग्ने
– समयमै उपचार नभए मिर्गौला फेल हुने

 

कसरी बच्ने ?
– नियमित रुपमा सावुन पानीले हात धुने
– यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसित परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुसित असुरक्षित सम्पर्कबाट टाढा रहने
– खोक्दा हाँच्छ्यिु गर्दा नाक र मुख छोप्ने
– रुघाखोकीको लक्षण देखिएकाहरुको सम्पर्कबाट टाढा रहने
– पशुजन्य माछा–मासु राम्रोसित पाकाएर मात्र खाने।निर्देशक फुलेन्देको बाउ पितृ शोकमा

स्रोतः एजेन्सी

 

सम्बन्धित खवर