माङसेबुङमा गीति एल्वम ‘इक्ला सुम्फुङ’को बिमोचन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा गीति एल्वम ‘इक्ला सुम्फुङ’को बिमोचन


आन्छुमे नसान
माङसेबुङ/इलामको माङसेबुङमा सावायेहाङ किरात खिवेक्वा याक्वा सेवाको अवसरमा किरात मुन्धुमी गीति एल्वम ‘इक्ला सुम्फुङ’को बिमोचन गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको हस्तबाहुलीबाट सोमबार बिमोचन गरिएको हो ।

गायक प्रकाश सावादेन, सङबाङफे साङसेहाङ सञ्च, नरजित चेम्जोङ, कमला थलङ र तुम्सा तिर्थको आवाज रहेको गीति एल्वममा माङसीवाखाहुन सेवासाम्लो, पालाम, हाक्पारे र मुन्धुमी गीतहरु समाबेस गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्द, मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ र सङबाङफे साङसेहाङ सञ्चको शव्द तथा संगीत रहेको गीति एल्वममा जीवन राई, बिजय श्रेष्ठ र टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ ।

म्यूजिक मिडिया धरानमा रेकर्डिङ गरिएको एल्वमका गीतहरु बिजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।

सम्बन्धित खवर