रन्जित साङपाङ नेपाल आदिवासी जनजाति महासंघ रोङको अध्यक्षमा निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रन्जित साङपाङ नेपाल आदिवासी जनजाति महासंघ रोङको अध्यक्षमा निर्वाचित


दमक/नेपाल आदिवासी जनजाति महासंघ रोङ गाउँपालिका समन्वय समितिको अध्यक्षमा रन्जित साङपाङ निर्वाचित भएका छन् ।

शनिबार भएको प्रथम अधिवेशनमा प्रतिष्पर्धी वीरबहादुर लेप्चालाई पराजित गर्दै साङपाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोहितकुमार गुरुङ, राजकुमार सुब्बा निर्वाचित भएका छन् ।

सचिवमा बलबहादुर तामाङ, सहसचिवमा दलबहादुर पुलामी मगर र घनबहादुर सुनुवार तथा कोषाध्यक्षमा विनादेवी भुजेल निर्वाचित भएका छन् ।

महिला उपाध्यक्ष र एक सहसचिव पछि पदपूर्ति गरिने जनाइएको छ ।

परिषद सदस्यहरुमा वीरबहादुर लेप्चा, पुर्णकला राई, प्रमिला तामाङ, ज्ञानकुमारी लेप्चा, लिलादेवी मगर, युद्धनरायण प्रधान, चुडामणी भुजेल र उमादेवी गुरुङ निर्वाचित भएका छन् ।

रोङ गाउँपालिका अध्यक्ष शमसेर राईको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासघ इलामका अध्यक्ष अभिषेक येक्तेनको विशेष आतिथ्यतामा अधिवेशन उद्घघाटन भएको थियो ।

सम्बन्धित खवर