चलचित्र ‘लाम्देङमा’ को ‘पालम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘लाम्देङमा’ को ‘पालम’ सार्वजनिक(भिडियो सहित)


आन्छुमे नसान

माङसेबुङ/याम्निङवा योङहाङ(भावना) र देवेन्द्र चोङबाङ लिम्बु अभिनित चलचित्र ‘लाम्देङमा’ को पहिलो पटक ‘पालम’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

बरिष्ठ गायिका मनु नेम्बाङ र गायक दिलिप फुरुम्बोको आवाजमा सजिएको पालाम युमा आट्र्स युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पालममा गायक दिलिप फुरुम्बोकै शव्द रहेको छ भने संगीत पनि गायक स्वयमले भरेका छन् । यसरीनै चलचित्रलाई मेघराज मगरातीको छाँयाङन तथा सम्पादन गरेका हुन् ।

गीत संगीतमा लामो संघर्ष गर्नुभएका ख्यातीप्राप्त गायक, गीतकार तथा संगीतकार खगेन्द्र कुमार लिम्बूले निर्देशन गरेको चलचित्र लाम्देङमाको बिशेष प्रदर्शनी यहि फगुन ९ गते गणेश टाकिज धरानमा गरिने जनाएको छ ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर