याक्थुङ लेखक संघ(यालेस) धनकुटाको अध्यक्षमा कविन तुम्बापो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ लेखक संघ(यालेस) धनकुटाको अध्यक्षमा कविन तुम्बापो

दमक/कविन तुम्बापो ‘थिरिङबा’को अध्यक्षतामा याक्थुङ लेखक संघ(यालेस) धनकुटा जिल्ला कार्य समिती गठन गरिएको छ ।

याक्थुङ लेखक संघ(यालेस)का केन्द्रीय सदस्य के. जि. सुब्बाको प्रमुख आतिथ्यमा धनकुटाको मदन चौक स्थित मोरिङ्गा हलमा सम्पन्न भेलाले तुम्बापोको अध्यक्षतामा १५ सदसीय कार्यसमिति गठन गरिएको हो ।

याक्थुङ लेखक, कवि, साहित्यकाहरुको उपस्थितिमा नवगठीत उपाध्यक्षमा जगमाया मादेन, सचिवमा टीका थोक्लेन, सह–सचिवमा देवि खजुम कोषाध्यक्षमा श्रीमान खजुम चयन भएका छन् ।

यसरीनै सदस्यहरुमा भरत थोक्लेन, कमल चेम्जोङ, हृदय थेगिम, मिलन आङ्ला, जितेन चेम्जोङ, दिवा चेम्जोङ, हेमन्त आङ्ला, किंसन चेम्जोङ, सन्जय तुम्बाहाङ्फे र उत्तम लिम्बू चयन भएका छन् ।

यसैगरि भेलाले विश्वसदिप तिगेला, चन्द्रसिंह नेम्बाङ र धनहाङ सुव्वालाई सल्लाहकारमा चयन गरेका छन् ।

सम्बन्धित खवर