सापकोटा सभामुखमा निर्विरोध निर्वाचित - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सापकोटा सभामुखमा निर्विरोध निर्वाचित


दमक/ रिक्त रहको सभामुख पदमा अग्निप्रसाद सापकोटा नयाँ सभामुखको रुपमा निर्वा्चित भएका छन् । सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढेको हो । ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठक सुरु गरेलगत्तै सभामुख चयनको कार्यसूचीमा प्रवेश गरेको हो ।

बैठकको सुरुमै बैठकको अध्यक्षता गरिरहेका ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिएका थिए । त्यसपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरे । नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सभामुखका लागि सापकोटाको नाममा समर्थन जनाए । कर्णपछि नेकपाकी सांसद ओनसरी घर्तीले समेत सापकोटाको नाममा समर्थन जनाएकी छिन् ।

गत माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । राजीनामा पछि रिक्त रहेको सभामुखले आज पुर्णता पाएको हो ।

सम्बन्धित खवर