दुई एनसेल टावरमा आग्जानी - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दुई एनसेल टावरमा आग्जानी


दमक/ आइतबार राति मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

भीमफेदी गाउँपालिका स्थित देउराली र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा अज्ञात समूहबाट आगजनी भएको हो । आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

उक्त घटनाबारे अनुसन्धान शुरु भइरहेको प्रहरीले जनाएको छ । यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटनामा पनि विप्लव समूहले आग्जानी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

 

 

 

 

 

 

सम्बन्धित खवर