दमक/ चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस महामारीको रुपमा फैलदै गएको छ । यसले विश्वको बिभिन्न देशहरुमा तिव्र गतिमा फैलन्दै गएकोले मानिसहरुमा डर र चिन्ता बड्दै गएको छ ।
हालै चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । उक्त भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन् ।
चीनको मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसबाट नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन् । चीनका स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक रहेको छ । पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनबाहेक अन्य एक दर्जनबढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस भाइरसले थाइल्याण्डमा आठजना, अस्ट्रेलियामा तीनजना, हङकङमा आठजना, जापानमा चारजना, मकाउमा पाँचजना, मलेसियामा चारजना, सिंगापुरमा चारजना, दक्षिण कोरियामा तीनजना, ताइवानमा चारजना, अमेरिकामा पाँचजना र भियतनाममा दुईजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । नेपालमा पनि एकजनामा कोरोना भाइरस भएको पुष्टि अधिकारीहरुले जानकारी गरेको छ ।