सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ

दमक/नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति विद्यादेवी भन्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनेछिन् ।
रिक्त रहको प्रतिनिधिसभाका सभामुख पदमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वा्चित भएका थिए ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरे । नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सभामुखका लागि सापकोटाको नाममा समर्थन जनाए । त्यसरीनै नेकपाकी सांसद ओनसरी घर्तीले समेत सापकोटाको नाममा समर्थन जनाएकी थिइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । राजीनामा पछि रिक्त रहेको सभामुखले आइतबार पुर्णता पाएको थियो ।

सापकोटाको परिवारका सात जना सहिद
तत्कालीन विद्रोही नेकपा माओवादीमा लागेको भन्दै राज्य पक्षबाट सापकोटा परिवारका निर्दोष सातजना सदस्य गुमाएका छन् । उनको सिंगो गाउँ कुविन्डेबाट मात्र राज्यको तर्फबाट २१ जना मारिएका थिए । दुईजना अहिले पनि बेपत्ता छन् ।

सापकोटाको परिवारका सातजनालाई राज्यले सहिद घोषणा गरेको छ । तत्कालीन राज्य पक्षले सापकोटाको गाउँ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविन्डेबाट २१ जानको हत्या गरेको थियो । दुईजनालाई राज्य पक्षले बेपत्ता बनाएको छ ।

सभामुख अग्नि सापकोटाको परिवारबाट प्रेम सापकोटा, रेवती सापकोटा, सुभद्रा सापकोटा, गणेश सापकोटा, मिना सापकोटा, टोकनाथ सापकोटा र सविता सापकोटा सहिद भएका छन् । ‘सापकोटा परिवारका सहिदहरु अग्नि सरकारका भतिज, भतिजा, दाजुभाइहरु हुन्’ र अन्य सहिदहरु पनि अधिकांश गाउँका नातेदार हुन् ।

यसरी सापकोटाको गाउँबाट सहिद हुनेहरुमा जितबहादुर श्रेष्ठ, रेशमबहादुर श्रेष्ठ, विन्दा शर्मा, वेदप्रसाद शर्मा, कमलप्रसाद शर्मा, गोविन्द बजगाईं, प्रेम नेपाल, कुस्माखर शर्मा, भोजप्रसाद सुवेदी, भिमप्रसाद शर्मा, सेरकु लामा, विमला श्रेष्ठ, नतिजा श्रेष्ठ, सरिता श्रेष्ठ छन् ।

सम्बन्धित खवर