देउकृष्णको निर्देशनमा किरात याक्खा गीत ‘ना तेम्बे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा किरात याक्खा गीत ‘ना तेम्बे’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/निर्माता निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा किरात याक्खा भाषाको बिक्कुलै नयाँ गीत ‘ना तेम्बे’(यो गाउँमा) भिडियो सार्वजनिक गरिएको छ ।

गायक देवराज याक्खाको आवाज रहेको गीतको भिडियो बुढासुव्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अजय जिमी याक्खाको शव्द तथा संगीत रहेको भिडियोमा अजय जिमी याक्खा, रजिन लिम्बू, सन्तोषी जिमी लिङखा र बाल कलाकार आयुसा टिका सोलोङ याक्खा र निसान टिका सोलोङ याक्खाले अभिनय गरेका छन् ।

नेक्स्ट जेनेरेशन इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार गरिएको भिडियोलाई सिर कुमार साङपाङ राईले छाँयाङकान, ड्रोन र कलरिङ गरेका हुन् ।

बसन्त राईको सम्पादन तथा सोम मगरातीको श्रृङगार रहेको भिडियोमा ग्लोरी मिडिया हाउस इटहरीले पोष्ट प्रडक्सन गरेका छन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर