बाह्रौं राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सम्पन्न (फोटोफिचर सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाह्रौं राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सम्पन्न (फोटोफिचर सहित)


सुक बहादुर योङहाङ
कचनकवल/झापाको कचनकवलमा आयोजित बाह्रौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता तथा उपराष्ट्रपति चिल्ड्रेन्स गेम्स २०७६ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

कचनकवल गाँपालिका शिक्षा युवा तथा खेलकुद शाखा बनियानी झापाको आयोजनामा शुक्रबार देखि सुरु भएका राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

प्रतियोगीतामा राष्ट्रपति अन्तरगत लक्ष्मी मावि ९ स्वर्ण, ९ रजत र २ कास्य सहित प्रथम भएको छ, भने ५ स्वर्ण, ३ रजत र २ कास्य सहित महेन्द्ररत्न मावि केचना दास्रो भएको छ ।

त्यसरीनै उपराष्ट्रपति अन्तरगत जनता मावि बालुबाडी ७ स्वर्ण, ६ रजत र २ कास्य सहित प्रथम भएको छ भने  गोल्डेन फ्युचर विद्यालयले ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित दोस्रो हात पारेको छ । प्रतियोगीतामा गाउँपालिका भित्रको १२ विद्यालको सहभागीता रहेको थियो ।

प्रतियोगितामा भलिबल(पुरुष), म्याराथुन(पुरुष÷महिला), ज्यावलीङ थ्रो(पुरुष÷महिला), छेलो (पुरुष÷महिला), लङजम्प(पुरुष÷महिला), हाईजम्प(पुरुष÷महिला), त्रीपल जम्प(पुरुष÷महिला) र कवड्डी(महिला) खेलहरु सञ्चालन भएका छन् ।

कचनकवल गाँपालिकाका अध्यक्ष अन्जारा आलमको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो । समापन कार्यक्रमा बोल्दै अध्यक्ष आलमले यस्तो प्रतियोगिताले गाउँ जिल्ला लेभलमा मात्रै नभएर राष्ट्रिय लेभलका प्रतियोगीता जित्ने लक्ष्य रहेको बताए ।

जसले जिते हारे पनि उज्वल भविश्यको शुभकामना दिदै अहिलेको प्रतियोगीताले ठुला राष्ट्रिय लेभलका प्रतियोगीता जित्ने जनशक्ति निर्माण गर्ने उनले बताए ।

पाथीभरा माविका प्रधानध्यापक कृष्ण शर्मा स्वागत मन्तव्य रहेको समापन कार्यक्रम कचनकवल गाउँपालिकाका शिक्षा प्रमुख छविलाल बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार देखि सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता तीनदिन सम्म चलेको थियो ।

सम्बन्धित खवर